काठमाडौंः पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड– १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष गरी कुल १ हजार २ सय २८ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिनुभयो ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या ४२ हजार नाघेको छ । आजसम्म ४२ हजार ८ सय ७७ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । यीमध्ये १८ हजार ४ सय १३जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस !