काठमाडौंः ललितपुरको पाटन अस्पतालमा काठमाडौं र भक्तपुरका २ कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भक्तपुरकी ६२ वर्षीया महिलाको शनिबा बिहान र काठमाडौंकी ५१ वर्षीया महिलाको शुक्रबार राति मृत्यु भएको हो ।
भक्तपुरकी महिलाको ८ भदौदेखि पाटन अस्पतालमा उपचाररत थिइन् भने काठमाडौंकी महिलाको ३० साउनदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो ।