चितवनः भरतपुरमा रहेको बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत एक नर्स सहित ६ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाका अनुसार एक जना पुरुष र पाँच जना महिलामा कोरोना पुष्टि भएको हो ।
अस्पतालमा कार्यरत एक जना स्टाफ नर्स, तीन जना एटेण्डर र दुई जना बाहिरबाट उपचारका लागि आएका रहेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले वताउनुभयो । प्रयोगशालामा आज एक सय जनाको नमुना परिक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !