
चितवनः लकडाउनमा सहजता संगै कारागारमा रहेका कैदी वन्दीहरुको दिन चर्य पुरानै अबस्थामा फर्कन थालेको छ । लकडाउनका कारण कारागार भित्र रहेका कैदीबन्दीहरुले आफ्नो पुरानो कामलाई निरन्तरता दिन थालेका छन् । जसका कारण उनीहरुको दैनिकीमा केही सहजता आएको कारागार कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रमुख कमल प्रसाद काफ्लेका अनुसार लकडाउनमा सहजता आए पछि कैदी वन्दीहरुलाई मुढा बुन्ने, गलैचाको कामका लागि कच्चा पदार्थ पाईन थालेको छ । जसका कारण दिनभर खेलेर वस्ने कैदीवन्दीहरु आफ्नो नियमित काममा लागेका छन् । दैनिक एक सय हाराहारीले मुढा वुन्ने काम गर्दै आएका छन् । यस्तै ३० जना जति गलैचा वनाउने काम गर्दै आएका छन् ।
लकडाउन हुनु अघि जतिको सहजता नभए पनि लकडाउनको अबधिको भन्दा सहजता भएको काफ्लेले बताउनुभयो । कारागार भित्रै मुढा कम्पनी संञ्चालन गर्दै आउनु भएका राजकुमार पाण्डे लकडाउनका कारण वन्द भएका कामहरु कच्चा पदार्थ आउन थाले संगै काम सुरु भएको बताउँछन् । कच्चा पदार्थ आउन सुरु गरे संगै कारागार भित्र हुने कामहरु संञ्चालनमा आएकाले दिनहुँ खेलेर वस्नेहरु काममा लागेको उनको भनाई छ ।
लकडाउनमा आएको केही सहजताले दैनिकि फेरीन थालेको अर्का कैदी विरही चौधरीले बताए । लकडाउन अघि कारागार भित्रैबाट घर खर्च चालाएका चौधरी लकडानका समयमा कच्चा पदार्थको अभावका कारण काम गर्न नपाएको भए पनि अहिले काम सुरु भएको वताउँछन् । उनले भने “कच्चा पदार्थहरु आउन सुरु गरेको छ । यसले हामीलाई केही राहत मिलेको छ ।”
लकडाउनको समय अघि कारागारमा रहेका ३ सय जना कैदीहरु मुढा वुन्नमा व्यस्थ रहन्थे । तर अहिले एक सय जनाले मात्र काम गरेका छन् । त्यही भए पनि राहत मिलेको चौधरीको भनाई छ । लकडाउन खुकुलो हुँदा यहि वसेर घरपरिवार चलाउनेहरुले आफ्नो पुरानो कामलाई निरन्तरता दिन थालेको कार्यालयका प्रमुख काफ्लेले बताउनुभयो ।
अहिले कारागारमा ६ सय ५९ जना पुरुष, ५५ जना महिला र दुई आश्रीत बालबालिका रहेका छन् । कारागारको क्षमता भने पुरुष तर्फ २ सय ५५ र महिला तर्फ २५ रहेको छ ।