काठमाडौंः नोभेल कोरोना भाइरस ४२५ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४२५ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
नयाँ थपिनेहरुमा ३७५ पुरुष र ५० महिला रहेका छन् ।
देशभर हालसम्म कोरोना संक्रमितको संख्या ५ हजार ७६० पुगेको छ । जसमा ५ हजार ३२४ पुरुष र ७३६ महिला रहेका छन् ।
रुकुम पूर्व थप भई ७३ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।
देशभरका विभिन्न अस्पतालमा उपचारपछि ९७७ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ६१ जनाको उपचारपछि डिस्चार्ज भएका छन् । जसमा ६ महिला र ५५ पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा ६ हजार ८९ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ ।