चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले नारायणी सामुदायीक अस्पताल संग कोरोना संक्रमितलाई कस्को अनुमतिले सारेको भन्दै प्रश्न सोधेको छ । कार्यालयले आज अस्पताललाई पत्र काट्दै कस्को अनुमतिले र के कति कारणले बिरामी सारिएको हो भनेको छ ।
कोरोना संक्रमण देखिए पछि नारायणी सामुदायीक अस्पतालको लापरबाहीका कारण भरतपुर अस्पतालमा सारिएका कोरोना संक्रमित बिरामीको मंगलबार मृत्यु भएको थियो । मृत्यु पछि जिल्ला प्रशासन कार्यालय चितवनले बिरामी सारि पठाएको नारायणी सामुदायीक अस्पताललाई पत्राचार गरि के कति कारणले पठाएको हो जवाफ माग गरेको छ ।
प्रशासनले पठाएको पत्रमा कोभिड १९ संक्रमित सघन उपचार कक्षमा उपचाररत बिरामीले के कति कारण र कस्को निर्णयले त्यहाँ अस्पतालबाट भरतपुर अस्पतालमा सारिएको हो जवाफ दिन भनिएको छ । पत्रमा त्यहाँ अस्पतालमा उपचारार्थ आउने बिरामी तथा सेवा प्रवाहमा खट्ने डाक्टर र स्वास्थ्यर्कीको सुरक्षाका लागि के कस्तो पूर्ब साबधानीका उपायहरु अवलम्वन गराउने गरिएको छ, जवाफ मागिएको छ ।
यस्तै कोरोना संक्रमित बिरामी उपचाररत स्थानबाट अर्को भरतपुर अस्पतालमा स्थानान्तरण गर्दा स्थानिय प्रशासनसंग समन्वय र भरतपर अस्पतालसंग समन्वय सहमती भए गरेको हो, होईन ? भएको भए कुन तह र पदाधिकारीको समन्वय र सहमती भएको हो ? भनि प्रश्न गरिएको छ ।
प्रशासनले यथाशिग्र अस्पतालको आधिकारीक यथार्थ धारणा के हो बिस्तृत रुपमा पछि सम्म फरक नपर्ने गरी खुलाई पठाईदिन अनुरोध गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिंम्खडाले जानकारी दिनुभयो ।
कोरोना पुष्टि भएपछि सो अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका वडा नम्बर ११ का ६८ वर्षिय संक्रमितलाई सोमबार साँझ भरतपुर अस्पताल पठाईएकोमा मंगलबार बिहान मृत्यु भएको थियो । नारायणी सामुदायीकले बिरामी भरतपुर अस्पतालमा जवरजस्ती पठाएको आरोप छ भने सो अस्पतालले सरकारले कोभिड १९ का बिरामी उपचार गर्न तोकीएको अस्पताल पठाएको जनाउँदै आएको छ ।