
खुट्टामा सामान्य चोट लागेका कारण घाइते भई दुई समूहको तालिम सत्रमा सहभागी हुन नसकेका बार्सिलोनाका जादुमयी फुटबल खेलाडी लियोनल मेसी अभ्यासका लागि बार्सिलोनाको क्याम्प नोउ रङ्गशालामा शनिबारदेखि उपस्थित भएका छन् ।
त्यसैगरी सोही समूहका अर्का खेलाडी लुइस स्वारेज पनि आगामी हप्ता हुने खेलमा खेल्नसक्ने स्पेनी क्लब बार्सिलोनाले जनाएको छ ।
मेस्सीले बुधबार र शुक्रबारकको अभ्यासलाई मैदानमा नछिरिकन निरन्तरता दिएपनि शनिबारदेखि अभ्यासका लागि मैदानमा छिर्नु भएपनि छेउछाउबाट अभ्यास गरेको स्पेनी सञ्चारमाध्यमले जनाएका छन् ।एजेन्सी।