
चितवनः हेटौडा उपमहानगरपालिका वडा नम्बर १ घर भएकी एक महिलामा कोरोना संक्रमण देखिए पछि उनी भरतपुरमा भाडामा बस्दै आएको घर सिल गरिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार यहि जेठ ९ गते घरमा गएकी उनमा कोरोना संक्रमण देखिए पछि थप उपचारका लागि भरतपुर अस्पतालमा ल्याईएको छ ।
श्रीमान भूमी व्यवस्था बिभाग मार्फत मालपोत कार्यालयमा श्रेष्ता कम्युटरमा उतार्ने काम गर्ने भएकाले उनीहरु भरतपुर महानगरपालिका वडा नम्बर १२ मा बस्दै आएका थिए । लकडाउनका कारण कार्यालय वन्द भए पछि उनीहरु हेटौडा स्थित घर गएका थिए ।
संक्रमित महिला गर्भवती भएका कारण हेटौडाबाट थप उपचारका लागि चितवन पठाईएको उहाँले जानकारी दिनुभयो । महिलालाई जिल्लामा ल्याएसंगै यहाँ वस्दै आएको घरमा रहेका तीन जनाको स्वाब संकलन गरि नमुना परिक्षणको प्रकृया सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।
उनीहरु कोरोना अस्पतालबाट नजिकै पूर्ब तर्फ बस्दै आएका थिए ।