
चितवनः नेपाल प्रेस युनियनको २९ औ स्थापना दिवसको अबसरमा नेपाल प्रेस युनियन चितवन शाखाले चितवन मानव सेवा आश्रममा खाना खुवाआएको छ ।युनियन २०४८ साल जेठ १३ स्थापना भएको हो । स्थापना दिवसमा प्रत्येक वर्ष गरिने विविध कार्यक्रम यस पटक कोरोना संक्रमणको जोखिम र लकडाउनका कारण समेट्न नसकेको जिल्ला अध्यक्ष अनिल ढकालले बताउनुभयो । यद्यपि समाजको हरेक पक्षमा युनियनको सहभागिता र सहयोग निरन्तरताको लागि आश्रममा रहेका हरुलाई खाना खुवाएको उनले बताए । मानसिक रूपले बिछिप्त,असहाय बेसहारा लाई आश्रममा आश्रय दिँदै आएको आश्रमका उपाध्यक्ष बिनोद ढकालले बताउनुभयो । आश्रममा ३५ जना आश्रित छन्।