चितवनःभरतपुर कोभिड १९ प्रयोगशालामा बिहिबार राती कोरोना भाईरस पोजेटिभ देखिएका तीनै जनालाई भरतपुर कोरोना बिशेष (अस्थायी) अस्पताल ल्याईएको छ ।
भरतपुर अस्पतालको माताहतमा रहेको प्रयोगशालामा बिहिबार परिक्षण भएका १ सय ३१ जनामध्ये चितवनका दुई र नवलपरासीका एक जनामा पिसिआर परिक्षण पोजेटिभ देखिएको थियो ।
भरतपुर महानगरपालिका वडा नम्बर ६ का वृद्ध दम्पत्तीमा पोजेटिभ देखिएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार ७४ वर्षिय वृद्ध र ७३ वर्षिया वृद्धामा पोजेटिभ देखिएको हो ।
उनीहरु दुवै जेठ ३ गते भारतबाट उपचार गरि पर्किएका हुन । उनीहरु संगै फर्कीएका छोराको भने परिक्षण नेगेटिभ देखिएको छ । बृद्ध बृद्धा र संगै फर्कीएका छोरालाई आज विहानै कोरोना अस्पताल ल्याईएको छ ।
यस्तै नवलपरासीका संत्रक्रमितलाई पनि बिहानै कोरोना अस्पताल ल्याईएको छ । स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशब चापागाईका अनुसार ४५ वर्षिय ती पुरुष विनय त्रिवेणी नगरपालिका वडा नम्बर ६ का हुन । उनी जेठ १ गते भारतको गुजरातबाट आएका हुन । चापागाईका अनुसार आए लगत्तै उनलाई पश्चिम नवलपरासीको क्वारेन्टाईनमा राखिएको थियो । उनलाई जेठ ६ गतेबाट आफ्नै वाडको क्वारेन्टाईनमा बसेका थिए ।
यही जेठ ७ गते वेलुका ज्वरो आए पछि उनी उपचारका लागि चोरमारा स्वास्थ्य केन्द्रमा ल्याएको उहाँले जानकारी दिनुभयो । पोजेटिभ देखिए लगत्तै उहाँलाई आज बिहानै भरतपुर कोरोना अस्पताल पठाईएको हो ।
भरतपुर अस्पतालका सुचना अधिकारी लिलाधर पौडेलका अनुसार आज संक्रमण देखिएका तीन जना र यस अघिका एक जना गरि चारै जनाको स्वास्थ्य अबस्था सामान्य रहेको छ । ती सबैलाई चिकित्सकीय रेखदेखमा कोरोना अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस !