नवलपुरः देवचुली नगरपालिका वडा नम्बर २ लाई आज सील गरिएको छ ।
दश दिनअघि कोरोना संक्रमित महिला रुपन्देहींबाट आफ्नो माइती देवचुली दुम्कौलीमा आएका कारण सो क्षेत्रमा सील गरिएको जिल्ला प्रशासन कार्यालय नवलपुरले जानकारी दिएको छ ।
उनी श्रीमान्सँग २९ गते मोटरसाइकलमा काठमाडौंं फर्केको बताइएको छ । देवचुली–२ को चौधरी उद्योगदेखि पूर्व र रजहर मकुण्डे खोला पुलबाट पश्चिम तर्फबाट वडालाई सील गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
संक्रमित महिलाको माइती परिवारमा कोरोना परिक्षण गरिने तयारी भएको जनाइएको छ ।
संक्रमित महिलाको काठमाण्डौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हिजो स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो ।
उनी काठमाडौंमै आइसोलेसनमा उपचाररत रहेको बताइएको छ । योसँगै देवचुली नगरपालिकामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ ।