चितवनः चितवनको भरतपुरमा रहेको कोरोना अस्पतालमा भएको चोरी र अनियमिताको बिषय प्रतिनिधिसभामा प्रवेश गरेको छ । नेपाली काग्रेसकी सचेतक सांसद पुष्पा भुषालले मंगलबार संसद बैठकमा बिषेष समय लिएर बोल्दै सो बारेमा संसदको ध्यानाकर्षण गराएकी हुन् । उनले भनिन्,“प्रदेश नम्बर ३ र भरतपुर महानगरपालिकाले स्थापना गरेको भरतपुर कोरोना अस्पतालमा चोरी भएको फुटेजहरु बाहिर आइसकेको छ , सो घटनाको सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्दछु ।”

भुषालले सो घटनाको अनुसन्धानमा भएको प्रगति र अपराधीलाइ कारवाही हुने बारे के भईरहेको छ सो बारे सरकारले सदनलाई स्पष्ट जानकारी गराउन माग गरिन् । उनले यस बारेमा सतयतथ्य तत्काल बाहिर ल्याउन सरकारको ध्यानाकर्षण गराईन् । भरतपुर कोरोना अस्पतालबाट सामान चोरी भएपछि त्यसबारेमा अनुसन्धान भईरहेको बताएपनि अहिले सम्म त्यो बारेमा कुनै आधिकारिक जानकारी बाहिर आएको छैन । चोरीमा प्रत्यक्ष कर्मचारीहरु निलम्वनमा समेत परेका छैनन् ।

प्रतिक्रिया दिनुहोस !