चितवनः भरतपुर अस्पतालमा बिरामीको चापलाई मध्यनजर गर्दै दाताको सहयोगमा स्थापना गरिएको सेनीटाईजीङ् टनेल अहिले अलपत्र अबस्थामा रहेको छ । कोरोना भाईरसको संक्रमण वढ्ने क्रममा रहेको समयमा अस्पताल परिषर भित्र रहेको टनेल संञचालनमा आउन नसक्दा सेवाग्राही र दातृ संस्था चिन्तित वनेका छन् ।
सुरुवाती समयमा एक पटन सो टनेवाट भित्र छिरे पछि पाँच घण्टा सम्म सुरक्षित हुने भन्ने उद्देश्यका साथ राखिएको टनेर संञ्चालनमा आउन सकेको छैन । अस्पतालमा बिरामीको चाप वढी हुने र उनीहरुको संक्रमण नहोस भनेर स्थापना गरिएको टनेललाई अहिले न कतै सारीएको छ न त संञ्चालनमानै ल्याईएको छ । अस्पतालको स्वामित्वमा आएको सो टनेल अहिले चारै पाटामा डोरीले बाँधीएको छ । तर संञ्चालनमा भने ल्याईएको छैन ।

अस्पतालको स्वामित्वमा आएको केही दिन देखिनै बन्द अबस्थामा रहेको सो टनेल अहिले पनि संञ्चालनमा नआउँदा दातृ संस्था चिन्तित वनेको हो । सो टनेलबाट सेनीटाईजिङ् गर्दा सेनिटनईज गरेकको पाँच घण्टा सम्म सुरक्षित रहन सकिने सुरुवाती समयमा वताईएको थियो । तर अहिले त्यो संञ्चालनमा आउन सकेको छैन । सोही सिद्दान्त अनुसार भरतपुर कोरोना बिषेस अस्पताल र नारायणगढको पुलचोकमा पनि सो मेसीनको स्थापना गरियो । तामझामका साथ उद्घाटन गरियो । अहिले प्रयोगमा छैन ।
भरतपुर अस्पतालमा श्रीवैष्णव परिषद् नेपाल ,श्रीवैष्णव युवा परिषद् नेपाल र श्रीवैष्णव महिला परिषद् नेपालले बैशाख १३ गते सोमेसीन हस्तान्तरण गरेको थियो । यस्तै लायन्स क्ल्ब ईन्टरनेसनलले कोरोना अस्पताल र नेपाली युवा उद्योमी मञ्चले पुलचोकमा स्थापना गरेका थिए ।
दताृ संस्थाले रु १ लाख ५० हजार भन्दा वढि लगानीमा ल्याएको यस मेसिनको प्रयोग नहुने हो भने खर्च के का लागि । भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले सरकारले नै सेनीटाईज मानबब स्वास्थ्यका लागि फलदायी नभएको भने पछि वन्द गरिएको वताउनुभयो । सरकारले यस बिषयमा के निर्णय गर्छ भनेर कुरेर वसेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस !