चितवनः भारतले सिमा मिचेको बिषयमा नेपाल तरुण दल चितवनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आज एक बिज्ञप्ती जारी गर्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
भारतल तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्र हुदै लिपुलेक पुग्ने लिंक रोडको उद्घाटन गरेकोमा बिरोध समेत गरेको छ ।
बिज्ञप्ती जारी गर्दै नेपाली भुमी माथी ठाडो हस्तक्षेपले राष्ट्रिय स्वाधिनता माथि गम्भीर प्रहार गरेको जनाईएको छ । तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकार र सचिब प्रल्हाद उप्रेती द्धारा जारी बिज्ञप्तीमा सकार सधै भारत समक्ष लाचारी रुपमा प्रस्तुत नभईकन तथ्य र प्रमाण सहीत बिज्ञहरुको सुझाव लिएर छिटो सिमा बिवाद सुल्झाउन माग गरीएको छ ।

प्रतिक्रिया दिनुहोस !