चितवनः चार वर्ष अघि यहाँको क्यान्सर अस्पतालमा वेथिति वढेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरि सेवा सुधारका लागि पहल गरेको थियो । अस्पतालका उपकरणहरु थन्कीएका थिए । उपकरण बिग्रीयर र आबश्यक रि–एजेन्टहरु नहुँदा अधिकांश सेवा ठप्प हुँदै गएको थियो ।
अस्पतालमा कार्यरत चिकित्सक कर्मचारी कार्यालय समयमा बाहिर जान थाले पछि स्थानीय प्रशासनले प्रत्यक्ष रुपमा चेकजाँच समेत गरेको थियो । त्यस पछि बिस्तारै सुधार हुन सुरु गरेको अस्पतालमा नियुक्त हुनु भएका कार्यकारी निर्देशक डा. बिजयचन्द्र आचार्यको तीन वर्षे कार्यकाल सकिदैं गर्दा अस्पतालमा धेरै कुराको सुधार आएको छ ।
आचार्य बि. सं. २०७४ साल वैशाख २४ गते नियुक्त हुँदा अस्पतालमा १ सय ९४ शैया रहेका थिए । बिदाई हुने समय नजिकै आई पुग्दा यो संख्या ४ सय ५० पुगेको छ । वि. सं. २०५७ सालमा एक सय शैयाबाट अस्पताल संञ्चालनमा आएको हो । आचार्यको भनाईमा यस अवधिमा आठ वटा अत्याधुनीक मोडुलर शल्यक्रिया थ्रेटर जडान गरिएको छ । यस अघि चारवटा पुरानो ढाँचाका थे्रटर थिए । यस्तै १८ शैयाको सघन उपचार कक्ष निर्माण गरिएको छ । पहिले अस्पतालमा यो सुबिधा थिएन ।
अस्पतालमा अतिरिक्त बिस्तारित सेवा सुरु गरिएको छ । जसले गर्दा कार्यालय समय वाहेकको समयमा थप शुल्क तिरेर बिरामीले उपचार सेवा पाएका छन् । यस संगै निजीको महंगो शुल्कबाट बिरामी जोगिएका छन् । आचार्यका अनुसार पोखरा बिश्वबिद्यालय संग सहकार्य गरेर स्नातक नर्सिङ् अंकोलोजिमा पढाई सुरु भएको छ । दोस्रो सत्रका बिद्यार्थी अहिले अध्ययनरत छन् । जहाँ ३० जना बिद्यार्थी पढ्न पाउँछन् । अस्पतालमा तीन वटा नयाँ रेडियोथेरापि मेसिन थप गरिएको छ भने एउटा पुरानोलाई मर्मत गरि संञ्चालनमा ल्याईएको छ । आचार्यका अनुसार दैनिक ६० जना हाराहारीले यो सेवा पाउने गरेकोमा अहिले २ सय जनाले सुबिधा पाएका छन् । जसका कारण पालोमा बस्नु नपर्ने भएको छ ।
अस्पतालले अक्सिजन प्लान्ट र फोहोर व्यवस्थापनको काम सुरु गरेको छ । अस्पतालका काउण्टर कृषि बिकास वैंकमार्फत संञ्चालन गरिएका छन् । अस्पतालको प्याथोलोजिमा नयाँ उपकरण जडान गरिएको छ भने दुई–दुई घण्टामा नतिजा दिनका लागि आकस्मिक प्रयोगशाला संञ्चालनमा ल्याईएको छ । लोक सेवा मार्फत भर्ना र कर्मचारीको वृत्तिबिकासको काम थालिएको छ ।
अस्पतलामा थन्किएका सिटि, एमआरआई, प्लेटलेट फेरेसिस जस्ता उपकरणहरु संञ्चालनमा आएका छन् भने शल्यक्रिया र वहिरंग सेवा दैनिक संञ्चालनमा आएका छन् । आचार्यका अनुसार यस अघि शल्यक्रिया र वहिरंग सेवा पालो गरेर दिने गरिन्थ्यो । अस्पतालको मर्मत सम्भार, रंग रोगन, कालोपत्रेको ओभरले जस्ता भौतिक निर्माणका काम गरिएका छन् । अस्पतालमा बन्दै गरेको भवन सम्पन्न गरि सेवा बिस्तार गरिएको हो । अस्पतालले आफ्नै फार्मेसी सुरु गरेको छ ।
उहाँका अनुसार दैनिक ३ सय हाराहारीका बिरामीको संख्या ७ सय पु¥याईएको छ भने दैनिक रु ४ लाख हाराहारीको राजस्व रु १५ लाख पु¥याईएको छ । अस्पतलाले बार्षिक रुपमा क्यान्सरका मात्र आठ हजार बिरामीलाई सेवा दिदै आएको छ । गतवर्ष सबै बिरामी गरि १ लाख ४० हजारले सेवा लिएको आचार्य वताउनुहुन्छ ।
नेपालका ७७ जिल्ला र भारतीय सिमा क्षेत्रबाट समेत बिरामी उपचारका लागि आउने गर्दछन् । चिनिया सरकारको सहयोगमा यो अस्पताल वनेको हो । अस्पतालमा हाल चिनिया १५ जना बिशेषज्ञ चिकित्सक सहित ७ सय हाराहारी चिकित्सक कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालमा उप–कार्यकारी निर्देशक हुँदा हुँदै हालै मात्र अध्यक्ष हुनु भएका डा. निर्मल लामिछाने अस्पतालको आन्तरिक बिकास र व्यवस्थापनमा आमुल परिवर्तन आएको बताउनुहुन्छ । जसका कारण बिरामीले निजीमा धाउनु नपर्ने भएको र छोटो समयमा नतिजा प्राप्त गर्न सफल भएको उहाँको भनाई छ । न्यून शुल्कमा उपचार हुने भएकाले धेरैको आकर्षण क्यान्सर अस्पतालमा छ ।
क्यान्सर सेवा समाजका सल्लाहाकार संयोजक श्यामप्रसाद लामिछाने अस्तव्यस्थ वनेको क्यान्सर अस्पतालले गति लिएको बताउनुहुन्छ । आर्थिक रुपमा सम्पन्न नभएका बिरामीको पनि उपचार गर्ने अस्पताल भएकाले यसको छुट्टै महत्व भएको लामिछाने वताउनुहुन्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका अध्यक्ष यमवहादुर परियार बिरामी र स्थानीयको भनाई अनुसार अस्पताल अहिले सुधारात्मक ढङ्गबाट अघि वढेको छ । अस्पताल बिग्रिएकोमा जिल्लाका सबैले चिन्ता व्यक्त गरेका थिए । नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ धारासायी वनीसकेको अस्पतालको प्रशासनीक, भौतिक संगै उपचारका सेवाहरु सबैमा आमूल परिवर्तन आएको बताउनुहुन्छ । यस बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पताललाई एसियाकै नमुना अस्पताल वनाउने संकल्पका साथ स्थापना गरिएको हो ।
धारासायी हुनबाट बचेर सुधारको बाटोमा अघि वढे पनि अझै थप व्यवस्थित गरि सुबिधा दिनुपर्ने सर्बसाधारण बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !