चितवनः नेपाल प्रेस युनियन चितवनले प्रेस स्वतन्त्रताको सुनिश्चित गराउन सबै पक्षसंग आग्रह गरेको छ । । लोकतन्त्र स्थापनापछि पछि समाचार लेखेकै आधारमा पत्रकार असुरक्षित हुनु लाजमर्दो भएको भन्दै पूर्ण प्रेस स्वतन्त्रतामा गम्भिर रहन आग्रह गरेको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रेस विज्ञप्ती जारी गर्दै युनियनले लोकतन्त्र स्थायित्वका लागी प्रेस स्वतन्त्र अपरिहार्य रहेको जनाएको छ । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले आज प्रेस विज्ञप्ती जारी गर्दै पत्रकारहरुलाई निर्धक्क भयरहित बातावरणमा समाचार लेख्न बातावरण सृजना गर्न सम्पूर्ण राजनैतिक दल, नागरिक समाज र आम नागरिकमा आव्हान गरेका छन । ‘ समाचार लेखेकै आधारमा पत्रकारलाई साइबर अपराध सम्बन्धी कसुरमा पक्राउ गर्ने जस्ता कार्यले पत्रकारिताको मूल्य मान्यता विपरित छ ’ विज्ञप्तीमा भनिएको छ ।
आम पत्रकारहरुका लागी समाचार संकलन र सम्प्रेषणका काममा पछिल्लो समयमा भएका अबरोध प्रति युनियनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । ‘ सरकारी पक्षबाट पत्रकारमाथि भएका ज्याजति र दमनको भत्र्सना गर्दै आगामी दिनमा यस्ता गतिबिधि नदोहो¥याउन हामी आग्रह गर्न चाहान्छौ ’ बिज्ञप्तीमा भनिएको छ ‘ केन्द्र देखि स्थानीय तह सम्म राजनैतिक दलहरुनै प्रेस स्वतन्त्रता प्रति गम्भीर नभएको घटना क्रमले देखाउँदै आएको छ । ’
कोरोनाको संक्रमणका बाबजुत निरन्तर रुपमा आफ्नो कार्यक्षेत्रमा खटिने पत्रकारको योगदानको उच्च कदर गरेको जनाएको छ । कोरोना संक्रमणका कारण विश्व प्रेस स्वतन्त्रता दिखवस मनाउन नपाएको उल्लेख गर्दै ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ लाई आत्मसाथ गर्दै यो दिवसलाई आ–आफ्नो कर्म क्षेत्रबाटै मनाउन विज्ञप्तीमा आव्हान गरिएको छ । सम्पूर्ण पत्रकारहरु संग नेपाल प्रेस युनियन चितवन सधै साथमा रहेको जनाउदै लकडाउनको समयमा कुनै समस्या रहेमा पनि सम्पक गन आग्रह गरिएको छ । अध्यक्ष ढकालले नेपाल प्रेस युनियन चितवन राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचार माध्यमको हितका पक्षमा सदैव प्रेस युनियन लागि रहेको जनाएका छन ।