
काठमाडौंः सरकारले संसद्को बजेट अधिवेशन वैशाख २६ गते बोलाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।