काठमाडौंः कोरोना भाइरसका कारण सरकारले लकडाउन गरिरहेका बेला स्थानीयहरुले पनि आफ्नो टोलमा लकडाउन गर्न थालेका छन् । काठमाडौं जयबागेश्वरीस्थित नवाली टोल एक सातायता स्थानीयले बाँसको गेट बनाएरै लकडाउन गरेका छन् ।
करिब ६ सय घर रहेको सो टोलमा अहिले बाहिरबाट जाने मानिसहरुलाई प्रवेश निषेध गरिएको छ । मित्रपार्क पशुपति क्याम्पस हुँदै सिफल निस्कने बाटोमा र सिफल चौरबाट नवाली टोल हुँदै पशुपति जाने बाटोमा पनि गेट हालिएको छ । गेटमा “यस क्षेत्रभित्र बाहिरका व्यक्तिहरुलाई प्रवेश निषेध” लेखिएको छ ।
सो टोल काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा पर्छ ।
नवाली टोलजस्तै काठमाडौंका अन्य केही ठाउँहरुमा पनि स्थानीयले बाहिरका मानिसलाई प्रवेश निषेध गर्न थालेका छन् ।