राप्तीमा हामफालेर एकको मृत्यु

चितवनः राप्ती नदीमा हामफालेर एक जनाको ज्यान गएको छ। ईलाका प्रहरी कार्यालय दिव्यनगरले दिएको जानकारी अनुसार मृत्यु हुनेमा नवलपुर देबचुली नगरपालिका वडा नम्बर १३ घर भई भरतपुर महानगरपालिा वडा नम्बर २५ मा डेरागरि बस्ने ३० वर्षिय धनसिंह नेपाली रहेका छन् ।

घरायसी झगडाका कारण नेपाली मंगलबार साँझ राप्ती नदीमा हामफालेको प्रहरीले जनाएको छ । नेपालीको शबलाई पोष्टमाटमका लागि भरतपुर अस्पताल ल्याईएको छ ।