
चितवनः लकडाउन संगै बजार नपाए पछि यहाँ लगाईएका ग्याडुलस र गोदावरी फुल सुकेर जान थालेका छन् । लकडाउन (बन्दाबन्दी)का कारण मठमन्दिरमा भक्तजन आएका छैनन् भने सभा समारोहहरु पनि भएका छैनन् । फुलको मूख्य बजार राजधानी काठमाडौं हो । त्यहाँ फुल जान छाडेपछि बारिमानै सुकेर नष्टहुन थालेको छ ।
कतिपयले त फुल बिक्रि गर्न नपाए पछि काटेर फाल्न समेत सुरु गरेको पश्चिम चितवनमा फुल व्यवसाय गर्दै आउनुभएका बद्री रानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “लकडाउनले बजार खुल्न पाएको छैन । फुल बजारमा जान नपाए पछि काटेर फाल्न सुरु गरेका छौं ।” उहाँले एक बिगाह १० कठ््ठामा फुल खेति गर्दै आउनु भएको छ । ग्याडुलस जातको फुल लगाउनु भएका राना अहिले सम्म १ लाख भन्दा बढिको फुल काटेर फालेको बताउनु हुन्छ ।
फ्लोरी कल्चर यसोसिएन नेपाल चितवनका अध्यक्ष प्रकाश पन्त अहिले फुल खेति गर्ने किसानहरु चिन्तित वन्न थालेको बताउनु हुन्छ । उहाँका अनुसार व्यवसायीक रुपमा गरिएको फुल खेति ग्याडुलस र गोदावरि बारिमानै सुक्न थालेका छन् ।
पन्तले जिल्लामा ६ बिगाह भन्दा वढिमा लगाईएको ग्याडुलस र गोदावरि फुल नष्ट भएको जानकारी दिनुभयो । एक बिगाहको फुल बिक्रि गर्दा रु १५ लाख हाराहारी आम्दानी हुने भए पनि ती सबै नष्ट हुने अबस्थामा पुगेको उहाँले बताउनुभयो । अधिकांशले जग्गा भाडामा लिएर महंगोमा खरिद गरेको बिउ र गोडमेलमा धेरै खेतला लगाउने हुँदा व्यवसायी मारमा परेको उहाँको भनाई छ ।
दुई बिगाहमा ग्याडुलस र आठ कठ्ठामा पन्तको गोदावरि फुल रहेको छ । उाहँले भन्नुभयो “अब ऋण कसरी तिर्ने त्यही चिन्तामा हामी छौ ।”
बैंकबाट ऋण लिएर व्यवसाय गरेका किसालाई बैंकको व्याज तिर्न समेत समस्या परेको उहाँको गुनासो छ । उहाँले भन्नुभयो “बिउ महंगो छ । उत्पादन भएको बस्तु बिक्रि गर्न पाईएको छैन । चिन्ता थपिएको छ ।” उहाँले राज्यले फुल व्यवसाय गर्ने किसानलाई सहयोग गर्नु पर्ने बताउनुभयो ।