
चितवनः भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्यु पछि बिहान सिन्धुली घर भएकी युबतीको कोरोना भाईरसको आशंकामा स्वाब परिक्षणका लागि हेटौडा पठाईएको थियो ।
उनीसंगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालले जनाएको छ । सबैको नमुना हेटौडामा रहेको प्र्रयोगशालामा पठाईएको थियो ।
बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । राति १२ बजे अस्पताल ल्याइएका राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो। कोरोना भाइरसको त्रास भएकाले ज्वरो आएका बिरामीको उपचारमा विशेष सतर्कता अपनाइएको छ । ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परिक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो ।