चितवनः थारुहट थारुवान राष्ट्रिय मोर्चाले यहि फागुन २० र २१ गते आमहड्ताल गर्ने भएको छ । नेपाल सरकार संग गत पुष २२ गते बुझाएका १४ बुद्धे मागहरु पुरा गर्ने बिषयमा सरकारले ध्यान दिन नसकेको भन्दै आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो ।
मोर्चाका महासचिब तुलसी थारु द्धारा जारी बिज्ञप्तिमा दोस्रो चरणका कार्यक्रम अन्तर्गत आमहड्तालको कार्यक्रम घोषणा गरिएको जनाईएको छ । आमहड्तालको समयवधीमा अत्याबश्यक सवारी साधनहश्र एम्बुलेन्स, शब बाहन, दुध बोक्ने, औषधीजन्य, रेडक्रस, मानव अधिकारकर्मी, पर्यटक, पत्रकार रकुटनीतिक नियोगका सवारी साधनहरु निर्वाधरुमा संञ्चालनमा आउने बिज्ञप्तिमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस !