चितवनः नेपाल बिद्यार्थी संघले जिल्लाका बिभिन्न क्याम्पसहरुमा शान्तिपुर्ण बिरोध प्रदर्शन गरेका छन् । मूल्यबृद्धि, कालोबजारी, माफियातन्त्र बिरुद्धको अभियान अन्तर्गत बिभिन्न क्याम्पसमा बिरोध प्रर्दशन गरेका हुन ।
बिरोध प्रदर्शनका क्रममा बिद्यार्थीहरुले भष्ट्रचारी सरकार मुर्दाबाद, स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनको तालिका सार्वाजनिक, ईन्धनमा लगाईएको अतिरिक्त कर तत्काल फिर्ता गर, ललिता निबास प्रकरणको निश्पक्ष छानबिन गर लगाएतका नारा लगाएका थिए ।
बिरोध प्रर्दशनका क्रममा बोल्ने बिद्यार्थी नेताहरुले सरकारले गरेका गलत कामहरुका कारण तत्काल राजिनामा दिनुपर्ने बताएका थिए । बिरेन्द्र बहुमुखी क्याम्पसमा रबिन खतिवडा, सप्तगण्डकी बहुमुखी क्याम्पसमा राजेश भूषाल, कृष्ण बगाले, मैयादेबि कन्या कलेजमा कल्पना पौडेल, प्रनिशा गुरुङ् लगाएले बोल्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !