प्रचण्डको जिल्लामा अनेरास्वबियू बिच बिमेल र कुटाकाुट

चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृह जिल्लामा अनेरास्वबियू बिच निरन्तर झडप भईरहेको छ । पार्टी एकता टुङ्गोमा पुग्न नसकेको अवस्थामा बिद्यार्थीहरु बिच बिबाद भए संगै झडप भएको हो ।
पार्टीको एकता नटुङ्गीदै बिद्यार्थीहरु बिच भएको झडपलाई नेकपाको राजनीतिमा अर्थ पूर्ण रुपमा हेरीएको छ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले संञ्चालन गरेको जनयुद्ध दिवस मनाउने बिषयमा सुरु भएको बिबाद अहिले आएर पार्टी कार्यालय तोडफोड सम्म पुगेको छ ।
गत फागुन १ गते जनयुद्ध दिवस मनाउने बिषयमा भएको बिबादका कारण अहिले सम्म पनि तत्कालीन दुई बिद्यार्थी संगठनबिच झडप भएको हो । निरन्तर रुपमा भएको झडपका कारण बिद्यार्थीहरु बिचको आत्मीयता समेत बिग्रिदै गएको एक बिद्यार्थी नेताले बताएका छन् ।
यसै बिच आज भएको बिद्यार्थीहरु बिचको झडपमा परि एक जना घाईते भएका छन् भने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कृषि तथा वन बिज्ञान बिश्वबिद्यालय रामपुरमा आज बिद्यार्थीहरु बिच झडप मा परि घाईते हुनेमा अनेरास्वबियूका केन्द्रीय सदस्य देव प्रसाद पाठक रहनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पाठकको टाउकोमा चोट लागेको छ । उहाँको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । आक्रमण गरेको अभियोगमा प्रहरीले रामपुरबाट तीन जना बिद्यार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक नान्तिराज गुरुङका अनुसार पक्राउ पर्नेमा प्रेम घर्ती, सबित सुवेदी र अभिषेख न्यौपाने रहेका छन् ।
तत्कालीन अनेरास्वबियु क्रान्तिकारी र अनेरास्ववियु बिच झडप भएको हो । पाठक तत्कालीन अनेरास्ववियुका जिल्ला अध्यक्ष हुनुहुन्छ । पक्राउ परेकाहरु अखिल क्रान्तिकारी निकट रहेको जनाईएको छ । रामपुरमा झडप पछि पार्टीले बेवास्ता गरेको भन्दै बिद्यार्थीहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जिल्ला कार्यालयमा समेत तोडफोड गरेको प्रहरीले जनाएको छ ।
फागुन १ गते जनयुद्ध दिवस मनाउने बिषयमा दुई संगठन बिच बिबाद भए पछि पटक पटक झडप हुँदै आएको छ । बिश्वबिद्यालयको आवासमा बस्ने ती संगठनका बिद्यार्थीहरु वाहिर बसेका छन् । बिश्वबिद्यालयको पशु बिज्ञान, पशु चिकित्सा र मत्स्य बिज्ञान संकायको आजको स्नातक मत्स्य बिज्ञानको तेस्रो र सातौ सेमेस्टरको परिक्षा गर्ने वा सार्ने भन्ने बिषयमा बिद्यार्थी बिच बिबाद भएको थियो । बिबादकै बिचमा बिश्वबिद्यालयले परिक्षा संञ्चालन गरेको छ । परिक्षामा ३३ जना बिद्यार्थी मध्ये ३० जना सहभागी भएको संकायका निमित्त डिन ईश्वरचन्द्र प्रकाश तिवारीले जानकारी दिनुभयो ।