चितवनः प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी (बिप्लब समूह)का मेची–कोशी व्यरो सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तारा थापा रहेको प्रहरीले जनाएको छ ।
पुर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको दमक नगरपालिका वडा नम्बर ९ स्थित चिया बगान छेउबाट बा ५० प १६०९ नम्बर को पल्सर मोटरसाइकलमा सवार थापालाई ईलाका प्रहरी कार्यालय दमकले आज पक्राउ गरेको हो । कार्यालयबाट खटिएका सादा पोसाकका प्रहरीले थापालाई पक्राउ गरेका हुन ।
उनलाई कार्यालयको हिरासतमा राखि थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !