चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १ दियालो रोडमा बसले ठक्कर दिदाँ साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा २० वर्षको पुरुष व्यक्ति रहेको प्रहरीले जनाएको छ । उनको नाम थर र ठेगाना खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब ७ः३० वजे पुलचोकबाट पोखरा बसपार्क तर्फ जाँदै गरेको ना ४ ख ६३३० नम्बरको बसले ठक्कर दिएको थियो । वसको ठक्करबाट घाईते साईकल यात्रीको उपचारको क्रममा बिहान ८ बजे भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
वस प्रहरीको नियन्त्रर्णमा रहेको भए पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !