चितवनः अन्तराष्ट्रिय ब्राण्डको लि–निङ शोरुम भरतपुरको सिजी ल्याण्डमार्कमा सञ्चालनमा आएको छ ।
बिशेषगरी खेलाडीहरुलाई लक्षित गर्दै काठमाडौ पछि पहिलोपटक भरतपुरमा शोरुम सञ्चालनमा ल्याईएको हो । आज एक कार्यक्रमका बीच उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष सहनलाल प्रधानले शोरुमको उद्धघाटन गर्नु भयो ।
उद्धघाटनपछि बोल्दै प्रधानले पछिल्लो समय चितवन आर्थिक हबको रुपमा विकसित भएको र यस किसिमको गतिविधिले चितवनमा लगानी र रोजगारी अवसर सिर्जना गर्ने बताउनुभयो । शोरुमले लिनिङका पारखीका लागि काठमाडौं धाउनु पर्ने बाध्यताको अन्त्य भएको उनको भनाई थियो ।
सो क्रममा बोल्दै शोरुमका सञ्चालक राजन महर्जनले चितवनमा बन्न लागेको अन्तर्रा्ष्ट्रिय क्रिक्रेट रंगशालालाई लक्षित गरी शोरुम सञ्चालन ल्याइएको जानकारी दिनुभयो । उहाँका अनुसार शोरुममा सबै प्रकारका खेलकुद सामाग्री, खेलाडीका पोशाकहरु उपलब्ध छन । सिमित अवधिको लागी यस ब्राण्डका उत्पादनमा २० देखि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । करीब ३० लाखको लगानीमा काठमाडौं पछि चितवनमा पहिलोपटक शोरुम सञ्चालनमा ल्याइएको हो । लि–निङ ब्राण्ड हंगेरीका प्रसिद्ध खेलाडी लि–निङको नामबाट राखिएको हो । सन् १९९० मा उनले खेलबाट अवकास लिएपछि उनले आफ्नो नामको शोरुम स्थापना गरेका थिए । हाल यस ब्राण्डका उत्पादन संसारभर रुचाईने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस !