चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १६ मा यहि मङ्सिर १४ गते हुन लागेको उप निर्वाचनमा मनोनयन दर्ता गराएको राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन काङ्ग्रेसको उम्मेदवारलाई रहेको जनाएको छ । नेपाली काङ्ग्रेस भरतपुर महानगरपालिका वडा नम्वर १६ को चुनाव प्रचार प्रसार समितिले आयोजना गरेको चुनावी सभामा सम्वोधन गर्दै राप्रपा संयुक्तका जिल्ला सचिव केशव भण्डारीले आँफुहरुको समर्थन काङ्ग्रेसको उम्मेदवारलाई भएको बताउनुभयो । भण्डारीले जिल्ला समितिको निर्णय सुनाउँदै भरतपुर महानगर वडा नम्वर १६ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा पुरानो लोकतान्त्रीक गठवन्धनलाई सहयोग गरेको जानकारी गराउनु भएको थियो ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले आफ्नो समर्थन नेपाली काङ्ग्रेसका उम्मेदवारलाई रहेको घोषणा गरेको छ । संयुक्तका तर्फबाट वडा अध्यक्षका उम्मेदवार विष्णु त्रिपाठीले लोकतान्त्रीक गठवन्धनका माध्यमबाट देशको रक्षा आवश्यक भएको पार्टीको ठहरलाई सहर्स स्विकार गर्दै अघि वढ्न र निर्वाचनमा रुख चिन्हमा मतदान गरि काङ्ग्रेसलाई विजयी गराउन समेत आव्हान गर्नुभयो ।
यसै बिच सोहि वडामा रहेको मगर टोलका जनताले नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा आँफुहरुलाई झुक्याएर पार्टी प्रबेश गराएको आरोप लगाएका छन् । सडक निर्माणको विषयमा प्रलोभन देखाई पार्टी प्रवेश गराईएको सो अवसरमा वोल्दै होम बहादुर पुन मगरले आँफुहरुलाई फसाउने रणनीतिमा नेकपा लागेको भन्दै सधै काँग्रेस भईराख्ने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !