चितवनः भरतपुर महानगरपालिका वडा नम्वर २९ दासढुङ्गामा आज विहान ट्रककोे ठक्करवाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नाम, थर र ठेगाना नखुलेका अन्दाजी ४५ वर्षिय पुरुष व्यक्ति रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाका अनुसार मुग्लिनबाट हेटौडातर्फ जान आउँदै गरेको ना ६ ख १८९६ नम्वरको ट्रकले पुरुषलाई ठक्कर दिएको थियो । ठक्करवाट घाईते उनको उपचारका क्रममा भरतपुर अस्पतालमा विहान ६ः२५ वजे मृत्यु भएको हो । पुरुषलाई ठक्कर दिने ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको छ । दुर्घटना विहान ५ः ५४ वजे भएको हो ।