चितवनः नेपाली सेना मृत्यु प्रकरणमा मुछिएका प्रहरी जवान ठाकुर ढकाललाई जिल्ला अदालत चितवनले आज पाँच दिनका लागि म्याद थप गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दानवहादुर मल्लाका अनसाुर ढकाललाई आज थप अनुसन्धानका लागि पाँच दिन समय थप गरिएको हो ।
मृतक राम कडेलको परिवारको किटानी जाहेरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानलाई असहज हुने भन्दै मुद्धा प्रकृया टुङ्गो नलागे सम्म निलम्वन गरि जिल्ला सरकारी वकिल कार्यालय मार्फत जिल्ला अदालतवाट पाँच दिनका लागि समय थप गरिएको हो । ढकाल विरुद्ध मृतक कडेलको परिवारले हत्याको अभियोगमा आईतवार उजुरी दर्ता गराएको थियो ।
ईच्छाकामना गाउँपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीबाट हाम फालेर मृत्यु भएका भनिएका नेपाली सेनाका जवान कडेलको परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिईएको थियो ।
ईच्छकामना गाउँपालिका वडा नम्वर ५ निवासी २८ वर्षिय राम कंडेल ईच्छाकामना गाउपालिका वडा नम्वर ३ फिस्लिङमा रहेको अस्थायी प्रहरी चौकीमा राखिएको समयमा आईतवार विहान बरण्डावाट हाम फालेर घाईते भई उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कडेल नेपालीको वर्द वहादुर गणमा कार्यरत जनावन हुन । उनको हत्या भएको भन्दै परिवारर स्थानीयले हिजो र आज पृथ्वी राजमार्ग वन्द गराएका थिए । घटना संकास्पद भएपछि उनको शव पोष्टमाटमका लागि काठमाडौं ललिएको छ ।