चितवनः चितवन मेडीकल कलेजमा विरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भिड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठि प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लाका अनुसार मृतकका आफन्तले अस्पतालमा ढुङ्गा प्रहार गर्न थालेपछि अश्रुग्यास र लाठिचार्ज गरेर भिडलाई तितरवितर पारिएको हो । सो क्रममा केहि प्रहरी सामान्य घाईते भएको उहाँले वताउनुभयो । प्रदर्शन कारिले प्रहार गरेको ढुङ्गाले अस्पतालको अगाडीको सिसा फुटेको उहाँले जानकारी दिनुभयो ।
नवलपुर जिल्लाको कावासोतीकी ३१ बर्षिया आशा ज्ञवालीको नाकको शल्यक्रीया गराउने क्रममा मृत्यु भएको थियो । कलेजको लापरबाहीको कारण उनको ज्यान गएको पारिवारले दाबी गरेका छन् ।
मृतक आशाका श्रीमान पुकनारायण ज्ञवालीले अस्पातलको लापरबाहीको कारण आफ्नो श्रीमतीको ज्यान गएको बताउनुभयो । डाक्टरको सल्लाह अनुसार नै नाकको शल्यक्रीया गर्नका लागि अस्पातल आएको मृतकका श्रीमान पुकनारायणले वताउनुभयो ।
२ महिना अघि चिकित्सकले दिएको सल्लाह अनुसार नै गत असोज २६ गते आशालाई अस्पातल ल्याईएको थियो । शल्यक्रीया अघि सबै परिक्षण गरेर २७ गते बिहान करिब ९ बजे तिर उनलाई शल्यक्रीयाका लागि लगिएको थियो ।
अस्पातलले शनिबार अपरान्ह करिब ४ बजे आशाको मृत्यु भएको भनी जानकारी गराएको थियो । अस्पातलका निर्देशक डा. दयाराम लम्सालले विरामीको मृत्यु पश्च्यात अस्पतालले समिति गठन गरी अनुसन्धान सुरु गरेको बताउनुभयो । ज्ञावलीको मृत्यु पछि अहिले अस्पताल प्रशासन र मृतकका परिवार विच वार्ता जारी रहेको छ । मृतकका परिवारले शल्यक्रीयामा संलग्न चिकित्सकको ईजाजतपत्र खारेज र परिवारलाई उचित क्षतीपूर्तीको माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !