चितवनः नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य वालकृष्ण खाँडले सरकार जनताको समस्या समाधान गर्न उदासिन वनेको आरोप लगाउनु भएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको दोस्रो चरणको जागरण अभियान समापन समारोहमा वोल्दै उहाँले सरकारले जनताको काम भन्दा पनि देशको संविधान मिच्ने काम वढि गरेको वताउनु भयो ।
उहाँले सरकारले संविधानलाई मिच्दै कम्युनिष्ट शासन लाद्ने प्रयास गरेको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “देश लोकतान्त्रीक, संविधान लोकतान्त्रीक, शासन व्यवस्था लोकतान्त्रीक तर शासन गर्ने व्याक्ति अलोकतान्त्रीक भएका कारण राष्ट्रियता माथि खतार वढ्न थालेको छ ।” कार्यक्रममा वोल्दै उहाँले सरकार पूर्ण रुपमा असफल भईसकेको वताउनु भयो । आफ्नै कारणले असफल भईसकेको छ अहिलेको सरकार भन्दै उहाँले भन्नुभयो “हरेक विधेक र कानुन निर्माणका क्रममा संविधानको आधारशिला भत्काउने काम गरियो । जन अपेक्षा अनुसार काम हुन सकेन । भ्रष्टाचार निवारण गछु भन्ने प्रधानमन्त्री आँफै भ्रष्टहरुको जंजालमा फस्ने काम भयो । अव तपाई आफै भन्नुस सरकार कति सफल भयो ।” निर्वाचनको समयमा जनतामाझ गरिएको वाचा अहिले पुराहुन नसकेको उहाँको भनाई थियो ।
जनताको मतको कदर नगर्ने शासकहरुलाई जनतालेनै तह लगाएको ईतिहाँस सम्झदै उहाँले भन्नुभयो “जनता नमान्ने, जनप्रतिनिधि नमान्ने र अस्तित्व स्विकार गर्न नखोज्ने नेताको पालो अव आएको छ ।” राणा, पञ्चायत र राजले जनताको आदेश नमानेका कारण आँफै सिद्धिन पुगेको भन्दै उहाँले जनताको मतको कदर गर्न पनि प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो ।
प्रधानमन्त्री खड्गप्रसाद ओलिलाई अहिले आफ्नो अनुहार हेर्दा पनि आँफैलाई ज्वरो आउन लागेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलिमा दुई तिहाईको दम्भ रहेको उहाँले वताउनु भयो । उहाँले भन्नुभयो “ऐना आफु कस्तो छु भनेर हेर्नका लागि राखिन्छ । तर ओलि जिलाई आफ्नो अनुहार हेर्न मन छैन । किन भने उहाँमा आँफु राम्रो भएको घमण्ड छ ।”
कार्यक्रममा वोल्दै उहाँले अव सरकारको विकल्पको रुपमा काँग्रेसलाई तयार गर्नु आबश्यक रहेको वताउनु भयो । नेता खाँडले सरकार आफ्नै कारण असफल भएको वताउनु भयो । उहाँले भन्नुभयो “सरकार आफ्नै कारण असफल भई सकेको छ । अव काङ्ग्रेस जाग्दै सरकारको विकल्पका लागि तयार हुन जरुरी छ ।”
दुई तिहाईको सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै उहाँले यो समयमा काङ्ग्रेसले आफ्नो शक्ति प्रयोग गरेर अहिलेको सरकारले गरेका जनताका हित विपरितको काम कारवाहिका विषयमा जनतामाझ पुर्याउन आवश्यक रहेको वताउनु भयो । नयाँ जोश र जाँगरका साथ काङ्ग्रेस लागेमा आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले हराउन नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो “जनतामा अहिले नैरास्यता छाएको छ । यसलाई काङ्ग्रेसले चिर्न जरुरी रहेको छ ।”
कार्यक्रममा नेपाली काङ्ग्रेका नेताहरु धनलक्ष्मी श्रेष्ठ, रामचन्द्र अर्याल माईकल, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ लगाएतले वोल्नु भएको थियो । सभा अघि भरतपुरको चौविसकोठी देखि पुलचोकमा सम्म विरोध प्रदर्शन गरीएको थियो ।