चितवनः व्यवसायीहरु विचको आन्तरीक कलहका कारण कृषकहरु मारमा परेका छन् । विगत देखिको व्यवसायीहरु विचको किचालोका कारण कुखुरा पालक कृषकहरु मारमा परेका हुन । विशेष गरि अण्डा उत्पादन गर्ने कृषकहरु यसको मारमा परेका हुन ।
व्यवसायीका दुई समुहको किचलोका कारण विगत दुई वर्ष यता अण्डाको मूल्यले खर्च धान्न नसके पछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् । कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने वैंकमा ऋण थप्दै कुखुरा पाल्नु पर्ने वाध्यता कृषक सामु देखा परेको छ ।
नेपाल अण्डा उत्पादक संघका केन्द्रिय अध्यक्ष शिवराम केसीका अनुसार निर्धारण गरिएको मूल्यमा अण्डा विक्न सकेको छैन । संघले ठूलो अण्डा प्रति क्रेट फार्म मूल्य रु २ सय ७० तोकेको थियो । तर हाल कृषकको फार्मवाट रु २ सय २५ हाराहारीमा विक्रि भएको छ ।
खपत वढ्न नसक्नु र उत्पादन वढिनै भएका कारण कृषकले मूल्य नपाएको केसीको भनाई छ । दैनिक २९ लाख गोटा अण्डा उत्पादन हुने गरेको भन्दै केसीले लागत मूल्य नपाएका कारण कृषक मर्कामा परेको वताउनु भयो । दानाको मूल्य र मजदुरको पारिश्रमीक वढेको तर अण्डाको मूल्य नवढे पछि कृषक मर्कामा परेका हुन ।
पूर्वी चितवनमा कुखुरा पाल्दै आउनु भएका संघका केन्द्रिय उपाध्यक्ष किरणभूषण ओली एउटा अण्डा उत्पादन गर्न रु १० भन्दा वढि खर्च हुने भए पनि अहिले कृषकले रु ७ हाराहारी मात्र पाउन सकेको वताउनु हुन्छ । एउटै अण्डामा रु ३ भन्दा वढि नोक्सान वेहोर्नु परेका कारण कृषकहरु विस्थापित हुने अवस्थामा पुगेको उहाँले गुनासो गर्नुभयो ।
केहि महिना अघि अण्डाको मूल्य प्रतिक्रेट रु १ सय २० सम्म झरेको भन्दै उहाँले त्यतिवेला देखि निरन्तर रुपमा कृषकले नोक्सान वेहोर्दै आएको वताउनुभयो । देशमा आत्मनिर्भर वनेको यस पेशावाट कृषक विस्थापित हुनवाट रोक्न सरकारलाई गुहारेको ओलीले वताउनु भयो । प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, कृषि मन्त्री, अर्थ मन्त्री, सांसदहरु लगाएत सरोकारवाला निकायलाई यस विषयमा जानकारी गराउने काम संघले गरिरहेको उहाँले वताउनु भयो ।
पोल्ट्री व्यवसायी डा. तिलचन्द्र भट्टराईले व्यवसायीहरु विचको आन्तरिक समस्याका कारण मूल्यमा वृद्धि हुन नसकेको वताउनु भयो । यस अघिको संघको केन्द्रिय समितिलाई अविश्वास गर्दै विचमानै विशेष अधिवेशन गरे पछि पुरानो र नयाँ समितिको विचमा समन्वय हुन सकेको छैन । यसकै कारण पनि मूल्यमा समस्या आएको भनाई भट्टराईको छ ।
सप्लायर्सहरु विचको तालमेलको अभावमा पनि समस्या देखिएको भन्दै उहाँले व्यवसायी र सप्लायर्सहरुका विचमा वृहत भेला गरेर समस्याको निकास निकाल्नु पर्ने सुझाव दिनुभयो । कुखुरा व्यवसायी मदन पोख्रेल उत्पादन वढि भएको तर खपत गर्न नसकेका कारण कृषकले मूल्य नपाएको वताउनु हुन्छ । साना किसानको खोर खालि हुन थालेको र ठूलाले एक वैंकवाट अर्कोमा ऋण सारेर रकम वढाउँदै पेशा धान्ने काम मात्र गरिरहेको पोख्रेलको भनाई छ ।
संघका निवर्तमान अध्यक्ष त्रिलोचन कँडेल व्यवसायीहरु विचमा एक आपसमा लडाई गर्दा आँफै सिध्धीने भएकाले मिलेर जानुको विकल्प नभएको वताउनु हुन्छ । व्यवसायीहरु विचमा समन्वयकै कमिले तालमेल नमिल्दा अण्डाले मूल्य पाउन नसकेको उहाँको भनाई छ । देशमा आत्मनिर्भर यस पेशालाई वचाई राख्नका लागि राज्यले पनि सहयोग गर्नुपर्ने उहाँले वताउनु भयो । पोल्ट्री क्षेत्रमा लगानि भएको रु १ अर्वभन्दा वढि मध्येको आधा हिस्सा अण्डा उत्पादनमा लगानि भएको उहाँ वताउनु हुन्छ ।
अण्डा उत्पादन गर्ने कृषकले मूल्य नपाए पनि किनेर खाने उपभोक्ताले भने प्रतिगोटा रु १५ हाराहारी तिर्न वाध्य छन् । कृषकको वाट उपभोक्ता सम्म पुग्दा पाँच तह पार गर्नुपर्ने भएकाले विचौलीयाले लाभ लिए पनि कृषक र उपभोक्ता दुवै ठगिएका छन् । हाल नेपालमा ७ हजार भन्दा वढिले कुखुरा पालेको अनुमान छ । उनीहरुका फर्ममा दुईलाख भन्दा वढि मजदुरले काम गर्ने कँडेलले वताउनु भयो ।








