चितवनः पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ परेका संञ्चारकर्मी रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की माथी प्रहरीको अनुसन्धान सकिएको छ । उनीहरुलाई आज अनुसन्धानको प्रकृया टुङ्गाई सरकारकारी वकिलको कार्यालयमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लले जानकारी दिनु भयो ।
मल्लाका अनुसार तीनै जानको अनुसन्धान सकीएकाले सरकारी वकिलको पठाईएको र सरकारी वकिलवाट आजै अदालतमा अभियोग पत्र पेश हुने छ ।
न्यायिक हिरासतमा रहेका तीनै जनालाई चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकेको हो । प्रहरीले अनुसन्धान राय प्रतिवेदन सहितको फाईल सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
प्रहरीले फाईल बुझाए पछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यस पछि आजै थुनछेक बहस हुने छ । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् । अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ । जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता शुसिल पन्त, अधिवक्ता सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन भने आरोपी अस्मिता कार्किको तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने छन् ।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढ स्थित पोखरा बसपार्कको कोठा भित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गराएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएको भेटिए पछि उनीहरु तिनै जना साउन ३० गत्ते काठमाण्डौबाट पक्राउ गरि चितवन ल्याईएको थियो ।
रवि सहित तीन जना प्रहरीले नियन्त्रणमा लिए पछि रविका समर्थकहरुले दिनहुँ जसो विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस !