
चितवनः नेपाली काँग्रेसका नेता धनराज गुरुङ्ले काँग्रेसको महाधिवेशन एक वर्ष पछि हुने वताउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले महाधिवेशन गर्नु एक वर्ष अघि स्थानीय तहको निर्वाचन हुनु पर्ने पार्टीको विधानमा उल्लेख भएकाले महाधिवेशन सर्ने वताउनु भयो ।
महाधिवेसन फागुन अन्तिम सातामा हुनु पर्ने भए पनि स्थानीय तहहरुमा अधिवेसन नभएका कारण सार्न लागिएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “काँग्रेसका लागि अवको वर्ष निर्वाचनको वर्ष हुने छ ।” अहिले निर्वाचनका लागि क्रियाशिल सदस्यता फम वितरणको काम सुरु गर्नु पर्ने समय आएको उहाँले वताउनु भयो ।
पार्टी भित्र देखिएका समस्याहरु समाधान गर्दै अव महाधिवेसनका लागि तयारी गर्ने समय आएको उहाँको बुझाई थियो । महाधिवेशन समयमानै गर्नु पर्छ भन्ने आफ्नो धारणा भए पनि विधानका कारण सम्भव नभएको उहाँले वताउनु भयो ।
फरक प्रसंगमा वोल्दै उहाँले नेपाल विद्यार्थी संघको तदर्थ समिति नवन्नुमा नेतृत्वको ईच्छा शक्ति नहुनु रहेको आरोप लगाउनु भयो । काँग्रेसको उद्गम स्थललाई कोहि व्यक्तिको चाहनाले वन्द गर्ननहुने उहाँको भनाई थियो । पार्टी भित्रको अर्कमन्यता र व्यक्तिवादी सोचका कारण नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन हुन नसकेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो “यो विषय हामी प्रजालाई होईन राजाहरुलाई सोध्नुस, हामी यो विषयमा लज्जित छौ । किन कि नेपाल विद्यार्थी संघ अहिले सम्म पनि नेतृत्व विहिन छ ।” सरकार वाहिर रहेको समयमा सडकमा जानु पर्ने स्थितिमा नेविसंघ नहुनुले पनि पार्टीलाई घाटा भएको उहाँको वुझाई थियो ।