
चितवनः भरतपुर महानगरपालिका वडा नम्वर १० चितवन मेडीकल कलेज अगाडि मोटरसाईकलको ठक्करवाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका वडा नम्वर ९ का १९ वर्षिय प्रदिप सुनार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना ४८ प ७०६४ नम्वरको मोटरसाईकलले विहिवार राति ११ वजे पैदलयात्री सुनारलाई ठक्कर दिएको थियो । मोटरसाईकलको ठक्करवाट घाईते सुनारको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।
मोटरसाईकल चालक पनि घाईते भएका छन् । वर्दिया जिल्ला गुलरिया नगरपालिका वडा नम्वर ८ वस्ने २२ वर्षिय अविशेक शर्मा घाईते भई चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईते शर्माको अवस्था मध्यम रहेको र प्रहरीको निगरानीमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।