
चितवनः नेपाल पत्रकार महासंघ चितवन शाखा र उद्योग वाणिज्य संघ चितवनको संयुक्त आयोजनामा संचालित आर्थिक पत्रकारिता तालिम आज यहाँ सम्पन्न भएको छ । आईतबर देखि सुरु भएको तालिममा जिल्लाका क्रियाशिल २८ जना पत्रकारहरुको सहभागीता रहेको थियो ।
समापन कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले यस प्रकारको तालिम संचालन गर्ने झण्डै एक दशक अघिदेखिको आफ्नो चाहना पुरा भएको वताउनु भयो । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले सिकेको सिपलाई उपयोगमा ल्याउन सुझाव दिनु भयो ।
आर्थिक बिटमा रही कलम चलाउँदै आउँनु भएका पत्रकार रमेश कुमार न्यौपाने, उद्योग वाणिज्य संघ चितवनका पुर्ब अध्यक्षद्वय डा. तिलचन्द्र भट्टराई, मित्रराज दवाडी, कोष तथा लेखा नियन्त्रण कार्यालय भरतपुरका प्रमुख महेन्द्र प्रसाद भण्डारी, उद्योग संघ चितवनका अध्यक्ष युवराज ओस्ती र मधुसुधन लामिछानेले तालिममा सहजिकरण गर्नु भएको थियो ।
तालिममा सहभागिहरुले एउटा एउटा विषयमा फिचर समाचार तयार गरि संघले पुस्तक प्रकाशन गर्ने तयारी गरेको छ ।