
नवलपुरः गैंडाकोट नगरपालिका वडा नं १ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ । वडाको आयोजना र धार्मिक समन्वय पर्यटनको सहयोगमा ८० वर्षका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रममा ८० जना भन्दा बढी जेष्ठ नागरिकलाई फुल दोसल्ला सहित आर्थिक पुरस्कार दिई सम्मान गरिएको थियो । कार्यक्रममा महिला सञ्जाल, बाल सञ्जालको सहभागि रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि गैंडाकोट नगरपालिकाको प्रमुख मेयर छत्रराज पौडेलले जेष्ठ नागरिकलाई सम्मान गरियो भने धार्मिक संस्कार उत्पादन हुनुको साथै धार्मिक संस्कारको जर्गेना हुने बताउनु भयो ।
गैंडाकोट नगरपालिका वडा नं १ को अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा विशिष्ट अतिथि गैंडाकोट नगरपालिकाकी उममेयर विष्णुकुमारी कडेंलले सो कार्यक्रम असाध्यै महत्वपूर्ण रहेको बताउनु भयो । विदेशीनु कारण जेष्ठ नागरिकहरुको हेरविचारमा कमी भएको कडेंलले जानकारी दिनु भयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई तिर्थयात्रा घुमाउने व्यवस्था पनि रहेको थियो ।