चितनवः पत्रकारीता क्षेत्रलाई समाज प्रति उत्तरदायी वनाउदै समाज परिवर्तका लागि प्रयोग गर्नु पर्ने सरोकारवालाहरुले वताएका छन् । नेपाल पत्रकार महाँसंघ चितवनले आज देखि यहाँ सुरु गरेको तीन दिने सामाजिक विषयमा लेखन अभिमुखिकरण कार्यक्रममा वोल्ने वक्ताहरुले पत्रकारीता क्षेत्रवाट समाज परिवर्तन आबश्यक रहेको औल्याएका थिए ।
पछिल्लो समयमा पत्रकारीता राजनितिमा रुमलिन लागेको भन्दै उनिहरुले सामाजिक विषयको खोजि गरि समाजमा परिवर्तन गर्नु पर्ने वताएका हुन । समाज परिवर्तनका लागि जागरुक वन्दै अघि वढ्नुको बिकल्प नरहेको उनिहरुको भनाई थियो ।
नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा वोल्ने वक्ताहरुले समाज रुपान्तरणको सम्वाहक पत्रकार रहेको वताएका थिए । समाजले के दियो भन्नुभन्दा पनि समाजलाई के दिन सक्छौ भन्ने भवनाले अघि वढुपर्ने समय रहेको उनिहरुको भनाई थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्षहरु नारायण अधिकारी, शान्ता अधिकारी, सचिव तिर्थ नेपाल, सल्लाहाकारहरु हरि पोख्रेल, शूर्य कडेंल, प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, पत्रकार दिपेन्द्र अधिकारी, रोहिणी त्रिपाठीले अवको पत्रकारीता समाजमा हुने विकृति र विसंगति प्रति केन्द्रित हुन पर्ने वताउनु भयो । समाजमा घटेका र भएका कानुन विपरितका कुरालाई वाहिर ल्याउँदै विकास संग साझेदारी गनु आवश्यक रहेको उहाँहरुले वताउनु भयो ।
अहिले स्थानीय तहहरुले पनि समाजका हरेक कुराहरुलाई विकास संग जोड्दै अघि वढ्नु आवश्यक रहेको वताउनु भयो । कार्यक्रममा सामाजिक विषयहरुलाई कसरी उठ्ठान गर्न सकीन्छ भन्ने विषयमा भरतपुर महानगरपालिकाका महिला विकास अधिकृतहरु शुशिला वाग्ले, कलावती ओझा लगाएले प्रकाश पार्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !