चितवनः माडी नगरपालीकामा वसोवास गर्ने अधिकांशले चौपाय पालेका हुन्छन् । ती चौपयाको चरन क्षेत्र नजिकको खोला छेउ हुदै आएको छ । यस्तै क्रममा आज माडी नगरपालिका वडा नम्वर ६ का गंगाधर सुवेदी पनि गाई चराउनका लागि सिमारा नजिक रहेको खोलामा जानु भएको थियो ।
सोहि क्रममा उहाँलाई निकुञ्जवाट निस्किएको वाघले आक्रमण गरेको हो । अन्दाजी ४५ वर्षिय सुवेदी वाघको आक्रमणवाट घाईते भई अहिले भरतपुर अस्पतालमा उपचाररत हुनुहुन्छ । उहाँको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार सुवेदीलाई आज दिउँसो १ः३० वजे वाघले आक्रमण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस !