चितवनः सरकारको पर्यटन वर्ष लक्षित गर्दै चितवन र रुपन्देहीका पर्यटन व्यवसायहरु भारत तर्फ केन्द्रीत भएको छ । नेपाली पर्यटकहरुको आगमन कम हुने समयलाई लक्षित गर्दै चितवन र रुपन्देहीका पर्यटन व्यवसायीले भारतीय सिमा क्षेत्रका शहरहरुमा पुगेर यहाँको पर्यटन प्रवर्धन गर्न सुरु गरेका छन् ।

सरकारले पर्यटन वर्ष सन २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको छ । सो लक्ष्यलाई पुरा गर्न र यहाँको पर्यटन प्रवर्धन गर्नका लागि दुई जिल्लाका व्यवसायीहरु भारत पुगेका हुन । त्यसका लागि क्षेत्रीय होटल संघ चितवन र शिद्धार्थ होटल एसोशीएसनको टोली आज त्यस तर्फ गएको छ । जुन १७ तारिकमा लखनउमा पर्यटन प्रवर्धन सम्वन्धी कार्यक्रम गर्न नेपाल पर्यटन वोडको टोली पुगिसकेको छ ।
नेपाल पर्यटन वोडको पर्यटन प्रवर्धन महाशाखाको दक्षिण एसिया हेर्दै आउनु भएका रविन रेग्मीका अनुसार १९ तारिकमा वाराणसी र २१ तारिकमा पटनामा त्यहाँका पर्यटन व्यवसायी, ट्राभल कम्पनी एवं पर्यटन संग सम्वन्ध राख्ने भारतीय अधिकारीहरु संग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।
रेग्मीका अनुसार दुईवटा जिल्ला र पर्यटन वोडका गरि २५ जनाको टोलीले भारतका तीन शहरमा यहाँको पर्यटन प्रवर्धन गर्ने छन् । सिमा क्षेत्र भएकाले आफ्नै सवारी साधनमा एकै दिन आईपुग्न सक्ने भएकाले भारतीयहरुलाई नेपाल भित्र्याउन सहज मानिन्छ । यहाँ अन्य देशका कम पर्यटक आउने समय पारेर कार्यक्रमको आयोजना गरिएको हो ।
रेग्मीको भनाईमा सन २०१८ मा भारतवाट दुई लाख पर्यटक जहाज चढेर आएका थिए । गाडीमा आउने पर्यटकको एकिन तथ्याङ्क राख्ने प्रचलन नभए पनि विभिन्न प्रकारवाट गरिएको अनुसन्धानात्मक गणना अनुसार १५ लाख भन्दा वढि पर्यटक भित्रिएको अनुमान छ ।
यस वर्ष जहाजवाट ६० हजार भारतीय पर्यटक भित्रि सकेका छन् । पर्यटन वोडले गतवर्षवाट सिमा क्षेत्रका नेपाली पर्यटन व्यवसायीलाई भारतीय सिमा क्षेत्रका शहरमा गएर प्रचारात्मक कार्यक्रम गर्न सहयोग सुरु गरेको हो । यस वर्ष प्रदेश नम्वर तीन र पाँचको टोली आज गएको छ भने जुलाई ६ तारिक देखि प्रदेश नम्वर एकको टोली पटना, सिलगुडी र कलकत्ता जाने रेग्मीले जानकारी दिनु भयो ।

गण्डकी प्रदेशको टोलीले पनि जाने तयारी गरिरहेको छ । क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेले गतवर्ष पनि तिनै शहरमा गएको भन्दै यसको प्रभावकारीता हेरेर यस वर्ष रुपन्देहीको टोली संगै त्यही ठाउँहरुमा जान लागेको जानकारी दिनु भयो ।
भारतीय सिमा क्षेत्रका शहरमा भन्दा यहाँको तापक्रम केहि कम भएकाले पनि भारतीयहरुलाई यतिवेला आकर्षण गर्न सकीने घिमिरेको वुझाई छ । कम खर्चमा यस क्षेत्रको पर्यटकीय महत्वका ठाउँहरु हेर्न सकीने भएकाले प्रचार गर्न सकेमा भारतीय पर्यटक भित्र्याउन सकीने घिमिरेले वताउनु भयो ।
चितवन राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु, थारु संस्कृती हेर्न चितवन र गौतम वुद्धको जन्मस्थल लुम्विनी घुम्न पर्यटक रुपन्देही आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस !