चितवनः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एबं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सरकारले विधेयक ल्याउँदा हतारो गरेको वताउनु भएको छ । प्रेस संगठन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै उहाँले गृहकार्य नपुर्याई विधेयक ल्याईएकाले समस्या आएको वताउनु भएको हो ।
उहाँले सरकारले ल्याएका कतिपय विधेयकहरुमा आवश्यक गृहकार्य नपुगेका कारण सर्वत्र बिरोध आएको वताउनु भयो ।
दाहालले भन्नुभयो “मिडिया विधेयकलाई पनि आवश्यक परिमार्जन गरेरै अघि वढ्नु पर्छ भन्ने छ ।” सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नपुगेको भन्दै उहाँले थप्नुभयो “जति गृहकार्य भएर विधेयकहरु आउनु पथ्र्याे, केही कमी रहेको देखियो । पक्कै पनि सरकार पार्टी यसमा सतर्क भएको छ ।” आउँदा दिनमा यस्ता विधेयकहरु ल्याउँदा प्रयाप्त गृहकार्य गरेर ल्याईने दाहालले वताउनु भयो ।
सरकारको नेतृत्वको सम्वन्धमा पत्रकारहरुले राखेको जिज्ञासामा यो विषय नयाँ नभएको प्रतिकृया उहाँले दिनु भयो । दाहालले भन्नुभयो “मिडियामा वढो नयाँ कुरा जस्तो गरि प्रचार भईरहेको छ । यो कुरा पुरानै हो । हामी जुन सहकार्य र सहमतीका साथ अघि वढेकाछौ त्यहि अनुसार अघि वढ्छौ ।”
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले यहाँ वन्न लागेको रंगशालामा सरकारले सहयोग गर्ने वताउनु भएको छ । आँफैले प्रधानमन्त्री र अर्थमन्त्रीलाई भेट गरि यस्ता रंगशालाहरुलाई सरकारले प्रोत्साहन गर्ने भनि नीति तथा कार्यक्रममा समावेश गरेको जानकारी दिनु भयो । उहाँले भन्नुभयो “मैले त्यसरी नीति तथा कार्यक्रममा राख्नुको मनसाय चाहि चन्दाले मात्रै ठूला आयोजना नहुन सक्छ । सरकारले सहयोग गर्नु पर्छ भनेर हो ।” रंगशालालाई सहयोग गर्ने सरकारको आधार तयार गरिएको उहाँले प्रष्ट पार्नु भयो । धुर्मुश सुन्तली फाउण्डेसनले यहाँ निर्माण गर्न लागेको गौतमवुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको स्थानीयले वार भत्काए पछि हाल काम रोकीएको छ ।
अध्यक्ष दाहालले पार्टी एकता प्रकृयामा टुङ्गो लाग्न वाँकी रहेका ईन्चार्ज, सहईन्चार्ज, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार समिति, आयोग लगाएत एकै साथ प्याकेजमा टुङ्गो लाग्ने वताउनु भयो । अर्को एक प्रश्नमा उहाँले प्रदेश नम्बर ३ को अस्थायी राजधानीलाई कमसेकम पाँच वर्षका लागि त्यहि राख्नेकी भन्ने विषयमा छलफल भईरहेको जानकारी दिनु भयो ।