चितवनः पश्चिम चितवनको रामपुरमा निर्माणाधिन गौतम बुद्ध अन्तराष्ट्रिय रङ्गशालाको बारमा डोजर लगाएको आरोपमा पक्राउ परेका थप चार जना रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक दानवहादुर मल्लाका अनुसार प्रदेश सभा सदस्य विजय सुवेदीको उपस्थितिमा उनीहरुलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले वुझ्नु भएको हो ।
मल्लका अनुसार उनीहरुलाई हाजिरी जमानीमा आवश्यकता अनुसार बोलाउने गरी छाडिएको हो । छुट्नेमा डोजर काण्डका मूख्य अभियुक्त भनिएका प्रकाश कँडेल सहित भैरव वास्तोकोटी, धुव्र चापागाईं, सुरेन्द्र विके रहेका छन् ।
मुलुकी अपराधसंहितमा उल्लेख भएको व्यवस्था अनुरुप अनुसन्धान अधिकृतले हिरासतमा नराखी हाजिरी जमानीमा छाड्न सक्ने प्रावधानमा टेकेर उनीहरुलाई रिहा गरिएको मल्लले जानकारी दिनु भयो । उहाँका अनुसार उनीहरुले नियमित हाँजिर हुने र मुद्धा चल्दाको अबस्थामा कुनै गैर कानुनि काम नगर्ने गरि महानगर प्रमुख दाहालले वुझ्नु भएको हो । दाहालले आफ्ना कार्यकर्ता वुझि लिएको पत्रमा हस्ताक्षर गरे संगै उनीहरुलाई छाडिएको मल्लले बताउनु भयो ।
जेठ १५ गते भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधिन अबस्थामा रहेको क्रिकेट रंगशालमा बाटोको विवादमा मुखय योजनाकारको रुपमा १६ गते पक्राउ गरिएको थियो । उनिहरु संगै पक्राउ परेका अन्य १४ जनालाई वैशाख २० गतेनै हाँजीरि जवानीमा छाडीएको थियो ।
वैशाख २० गते हाँजीरि जवानीमा छुट्नेमा जमानीमा छुट्नेमा तुलसी गुरुङ, देव तामाङ, राजु सापकोटा, कोपिला सापकोटा, राजन सापकोटा, सञ्जु गुरुङ, कृष्ण कँडेल, दीपक आचार्य, देव गुरुङ, विपीन भट्टराई, मञ्जु चापागाईं, पारू परियार, यशोदा पौडेल, ईश्वरी माया तामाङ रहेका थिए ।
रंगशाला निर्माणस्थल वरपरका केही स्थानीयले पक्राउ परेका व्यक्तिहरु रिहाईको माग गर्दै वडा नम्बर १६ को कार्यालयमा धर्ना दिँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !