चितवनः नेपाली काँग्रेसका प्रबक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको वजेटले हावामा महल वनाउन खोजिएको बताउनु भएको छ । आज भरतपुरमा पत्रकारहरु संग कुराकानी गर्दै उहाँले पुराना कार्यक्रमहरु कार्यान्वयनमा ध्यान दिनुको सट्टा महत्वकांक्षी वजेट ल्याएको बताउनु भयो ।
जनतालाई सपना देखाएर पुरा नहुने खालका वजेट भएको उहाँको आरोप थियो । उहाँले भन्नुभयो “स्थिर सरकारले ल्याउने वजेट लोकप्रियताको नाममा लौकिक भन्दा वाहिर गएको छ ।” अघिल्ला सरकारहरु अस्थिर भएका कारण दिर्घकालिन रुपमा प्रभाव पर्ने बजेट आउन नसके पनि अहिले त्यो हुन नसकेको उहाँको टिप्पणी थियो । उहाँले भन्नुभयो “सरकारले वजेट ल्याएर आफ्नो दायीत्व पुरा मात्रै गरेको छ ।”
अहिलेको सरकारले ल्याएको वजेटको मुल्याङकन गर्दै गर्दा एमाले र माओवादीले निर्वाचनको समयमा बितरण गरेको सपना संग तुलना गर्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो “निर्वाचनमा सपना वायुपंखि घोडाको दिने र वजेट ल्याउदै गर्दा वयल गाडा चडेर जाने ल्याएको अवस्था छ ।” सरकारको वजेटले जनतालाई देखाईएको सपना र बजेट सपनाको छेउमा अत्यन्तै कम्जोर साबित भएको उहाँले बताउनु भयो ।
प्रबक्ता शर्माले एक वर्षको बिचमा गरिएका काम कति भएका छन् कुन रुपमा भएका छन् गर्ने सम्भावना कति छन् त्यसको जगमा हेर्नेहो भने यो वजेट कार्यान्वयन गर्ने क्षमता कम भएको सरकारले ल्याएको अनुभूति भएको बताउनु भयो । उहाँले भन्नुभयो “लोक प्रिय वनाउने नाममा लैकिक भन्दा वाहिर गएको छ । बिकास वजेटका लागि २६ प्रतिशत एक चौथाई मात्रै विनियोजन गरिएको । त्यो पनि कार्यान्वयन हुन नसक्ने खालको देखिन्छ ।”

प्रतिक्रिया दिनुहोस !