चितवनः भरतपुरमा आज दिउँसो गोली चल्दा एक जना घाईते भएका छन् । भरतपुर महानगरपालिका वडा नम्बर २९ जुगेडीमा गोली चल्दा सोहि स्थान निवासी ३८ वर्षिय सुक वहादुर चेपाङ घाईते हुनु भएको छ ।
दिउँसो १२ वजे घर नजिकै जंगलमा घास काट्न जाँदा गोली लागि चेपाङ् घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रबक्ता दुर्गाराज रेग्मीका अनुसार घाईतको भरतपुर अस्पतालमा उपचार भईरहेको छ । उहाँको दायाँ खुट्टाको घुडामा गोलि लागेको प्रहरीले जनाएको छ ।
कस्ले कतिखेर के करणले गोलि चलायको हो त्यस विषयमा अनुसन्धान भईरहेको उहाँले बताउनु भयो ।