
चितवनः पूर्ब पश्चिम राजमार्ग अन्र्तगत भरतपुरको गोन्द्राङ्मा भएको तोडफोड र आगजनिमा संलङ्न दोशिलाई हदै सम्मको कारवाहि गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आज जिल्ला प्रशासन कार्यालय चितवमा वसेको सर्बदलिय र सर्ब पक्षिय वैठकले यस्तो आग्रह गरेको हो ।
टिकौलिमा राखिएको ढाटको बिषयलाई लिएर शुक्रबार तोडफोड र आगजनि हुँदा प्रहरी सहायक निरिक्षक कल्पना खड्का लाई आगोले ललाएको थियो । प्रदेश सांसद कृष्ण खनालकै रोहोवरमा प्रहरी माथि आगजनी भए पछि सर्बदलिय वैठक वसेको हो । वैठकले घटना दुखत भएको भन्दै यसमा संलङ्न सवैलाई कानुनी दायरामा ल्याउन आग्रह गरेको हो ।
ढाट हटाउने विषय केन्द्रिय सरकारको सडक बिभागले गर्ने भएकाले स्थानीयले कानुनी प्रकृयार रोज्नु पर्नेमा कानुन हातमा लिने काम भएको भन्दै वैठकले यसको निन्दा गरीएको छ । गैरकानुनी कृयाकलाप वढ्दै गएकाले यसमा सम्लङ्न लाई कारवाहि गर्न प्रशासनलाई सबै अधिकार रहेको भन्दै बैठकले दोशि पत्ता लगाई कारवाहि गर्न आग्रह गरेको छ ।
वैठकले ढाट स्थानातरणका लागि सम्बन्धित सरोकारवाला लाई पत्राचार गर्ने र बिभागले अन्यत्र स्थानान्तरणको पत्र नपठाए सम्म सोहि स्थामा रहि स्थानीयलाई दिने सेवा सुबिधा दिदै काम सुरु गर्न आग्रह समेत गरेको छ । घाईते सहायक निरिक्षक खड्काको उपचारका लागि दोशि पत्ता लगाई सबै खर्च वेहोर्न लगाउने र अहिले उपचार प्रकृया निरन्तर गराई रहन समेत आग्रह गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले जानकारी दिनु भयो ।
बैठकमा नेकपाका नेता तेजेन्द्र खड्का, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, अन्य दलका प्रतिनिधि, प्रदेश सांसदहरु घनश्याम दाहाल, गिता वाग्ले, जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, रत्ननगर नगरपालिका उपप्रमुख बिमला दवाडी, कालिका नगरपालिका प्रमुख गोपि श्रेष्ठ, खैरहनी नगरपालिका प्रमुख लालमणि चौधरी, राप्ति नगरपालिका उपप्रमुख ईमानसिंह लामा, उवासंघ चितवन अध्यष सहनलाल प्रधान, चितवन उद्योग संघका अध्यष भेषराज दवाडी, उद्योग वाणिज्य संघ रत्ननगरका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठ, सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।