काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार एक सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ९ सय ९८ जनाको स्वाब परीक्षण गर्दा २ हजार एक सय २० जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै देशभर संक्रमितको संख्या ८४ हजार ५७० पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।  यस्तै पछिल्लो २४ घण्टामा २ हजार ४४ जना कोरोना मुक्त भएका छन् । यससँगै देशभर कोरोनामुक्त हुनेको संख्या ६२ हजार ७ सय ४० पुगेको छ ।

देशभर २१ हजार ३०२ जनामा कोरोना सक्रिय छ । यस्तै देशभर थप थप ८ जनाको कोरोना संक्रमणबाट मृत्‍यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !