चितवनः भरतपुरको एक बैंकका प्रबन्धक अर्जुन अर्याल र छिमेकी कृष्ण भट्टराई आजभोली दैनिक एक घण्टा भन्दा बढि साईकल यात्रा गर्ने गर्नुहुन्छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ का उहाँहरु हरेक दिन बिहान आफ्नै वडा पुरै घुम्दा कहिले काही १ घण्टा ३० मिनेट पनि लाग्ने गर्दछ । अरु साथी पनि थपिने गरेका छन् ।
लकडाउनसंगै शारिरिक तन्दुरुस्तीका लागि व्यायम गर्न उहाँहरुले साईकल यात्रा गर्न थाल्नु भएको हो । मुख्य रुपमा गेर वाला र ब्राण्डेट खालका साईक चढेर हिड्नेको संख्या लकडाउनसंगै बढेर गएको छ । लकडाउनमा घरमा बस्दा मोटोपन वढ्ने र रोगको खतार भए संगै साईकल यात्रा गर्नेहरुको संख्या वढेर गएको हो ।
लकडाउनमा साईकल चलाउँदा रोकतोक नहुने र शारिरिक अभ्यास राम्रो हुने भएकाले नियमीत साईकल चलाउने वढेका हुन । यस संगै साईकलको व्यापार पनि वढेर गएको छ ।
वजारमा साधारणको तुलनामा सौखिन खालका साईकल निकै बिक्रि हुने गरेका छन् । साईकल व्यवसायी संघ चितवन–नवलपुरका निवर्तमान अध्यक्ष धर्मराज सापकोटा जेठ महीनामा मात्र चितवनमा ९ सय हाराहारी साईकल बिकेको अनुमान लगाउनुहुन्छ ।
चितवन र नवलपुर जिल्लामा साना ठूला गरि पाँच सय हाराहारी साईकल पसल छन् । साईकल बिक्रि गर्नेको संख्या कम छ । ती पसलहरुरुबाट साधारण हङ्ग्री हन्टर, स्मार्ट वढी बिक्रि हुने गरेको सापकोटा बताउनुहुन्छ । यससंगै बिभिन्न ब्राण्डका गेरवाला साईकल बिक्रि हुने गरेका छन् । व्यवसायीहरुका अनुसार यहाँको बजारमा रु ६ हजार ५ सय देखि २ लाख ५० हजार सम्मका साईकल बिक्ने गरेका छन् । सापकोटाको भनाईमा सबैभन्दा बढि रु ४० हजार देखि ७० हजार सम्मका साईकल अहिले बिक्रि हुने गरेका छन् ।
संघका अध्यक्ष श्याम प्रसाद खरेल शारिरिक तन्दुरुस्तीका लागि साईकल किन्नेहरु बढेको बताउनुहुन्छ । आबश्यकताले किन्ने र बिक्रि हुने साईकलको बिक्रि ठप्प छ । उहाँका अनुसार कृषक, मजदुर, बिद्यार्थी, वालवाललिकाले किन्ने साईकल बिक्रि भएका छैनन् । शारिरिक तन्दुरुस्तीका लागि किन्नेहरुले मात्र साईकल किनेका छन् । लकडाउनमा घरमा बस्दा हैरानभएकाहरु दुरी कायम हुने र रोकतोक नहुने हुनाले साईकल बिनेर चढ्ने वढेको उहाँको भनाइ छ ।
भरतपुर अस्पतालका बरिष्ठ फिजिसियन डा. कालिदास अधिकारी साईकल चलाउनु व्यायम मध्येको राम्रो हो भन्नुहुन्छ । यसले मानसीक र शारिरिक दुबै तन्दुरुस्त गर्न सहयोग पु¥याउने उहाँको भनाई छ । स्थानीय सरकारले फराकीला सडकमा साईकल लेन वनाउन सुरु गरेका छन् । भरतपुर महानगरपालिकाले हालै मात्र दुई वटा सडकमा साइकल लेन वनाउँदै छ ।
साईकल आबश्यकता देखि सोखीन सम्मको चाहना वन्ने गरेको छ । यस जिल्लामा साईकल नजान्नेहरु कम हुने गर्दछन् । वालवालिका देखि वृद्धवृद्धा सम्मले यहाँ साईकल चलाउने गर्दछन् । पहिले पहिले बिवहामा दाईजो साईकल दिने गरिन्थ्यो । त्यो क्रम भने घटेर गएको छ । पछिल्लो समय सोखिनका लागि साईकल चढ्ने वढी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !