चितवनः केही दिन देखि वढ्दो गर्मीका कारण बिद्युतको माग वढेकाले अत्याबश्यक बाहेक अन्य बिद्युतीय सामाग्री नचलाउन अनुरोध गरिएको छ । माग वढे संगै प्रसारण लाईन, बितरण लाईन तथा वितरण ट्रान्सफरमरमा ओभरलोड भई न्यून भोल्टेजको समस्या देखिएकाले अत्याबश्यक बाहेक अन्य बिद्युतीय सामाग्री संञ्चालन नगर्न आग्रह गरिएको हो ।
नेपाल बिद्युत प्राधिकरण भरतपुर बितरण केन्द्रका प्रमुख राजेन्द्र कुमार चौधरीले अत्याबश्यक बाहेकका अन्य बिद्युतीय उपकरणहरु कम प्रयोग गर्न आग्रह गरिएको बताउनुभयो । अहिले गर्मी वढे संगै ओभरलोडका कारण ट्रान्सफरमर पड्कने, तार पग्लने, जल्ने जस्ता समस्या आएकाले बिद्युत आपूर्तीमा समस्या समेत हुने गरेको उहाँले बताउनुभयो । एयर कन्डीसनहरु २६ डिग्री सेलसियस भन्दा माथिको तापक्रममा चलाउने, ग्रेन्डर, हिटर जस्ता सामाग्री संञ्चालन आबश्यक पर्दा मात्र चलाउने, स्त्री, ओभन जस्ता उच्च क्षमता भएका उपकरणहरु कम प्रयोग गर्ने जस्ता कामहरु गर्न उहाँले आग्रह गर्नुभयो ।
नेपाल बिद्युत प्राधिकरणको ग्रीड सबस्टेशन अटोमेसन आयोजनाले ग्रीड सब स्टेशनलाई अटोमेसन गर्न लागेकाले समेत बिद्युत आपूर्तीमा समस्या भएको उहाँले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रहेको शब स्टेसनमा १० वटा पिल्लरको फिडरहरुलाई अटोमेसन गर्ने काम गरिएको थियो । उहाँका अनुसार भार नधानेर जनगुनासो वढेपछि बैशाख १६ गते देखि सुरु गरिएको अटोमेसन गर्ने कार्य समेत रोकिएको छ ।
यस बितरण केन्द्रबाट दैनिक ६५ मेगावाट बिद्युत खपत हुँदै आएको छ । गर्मीले गर्दा बिद्युत खपत वढेको उहाँले जानकारी दिनुभयो । यस केन्द्रमा १८० मेघावाटको क्षमता रहेको छ । यहाँबाट चनौलि बितरण केन्द्रमा समेत बिद्युत जाने गर्दछ । केन्द्रमा हाल ७५ हजार ग्राहक रहेका छन् । सबै ग्राहकले गर्मीको समयमा बिद्युत खपत वढाउँदा समस्या आएको चौधरीले बताउनुभयो ।
यस बितरण केन्द्रका दुई वटा सब स्टेसनहरुमा ९०÷९० मेगावाट बिद्युत सप्लाई हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस !