काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ ।  आज सुन तोलामा एक लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन सोही मूल्यमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी पाँच रुपैयाँले बढेर दुई हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस !